अन्तर्राष्ट्रिय बालअधिकार दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै

काठमाण्डौ, ४ मंसिर । आज अन्तर्राष्ट्रिय बालअधिकार दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ ।

विश्वभर हरेक वर्ष नोभेम्बर २० तारिखमा यो दिवस मनाउने गरिन्छ । ‘बाल्यकालको कल्पना गरी हरेक बच्चाको लागि महामारीपछिको राम्रो संसार’ भन्ने नाराका साथ यसवर्ष बालअधिकार दिवस मनाउन लागिएको छ । दिवसको अवसरमा हिजो बेलुका काठमाण्डौको रानीपोखरीमा निलो बत्ती बालिएको थियो । स्वास्थ्य मन्त्रालय, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय तथा विभिन्न सङ्घसंस्थाको आयोजनामा बत्ती बालिएको थियो ।

परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलले सबै पालिकामा स्वयमसेवी समूह परिचालन गरी कोभिडका कारण अभिभावक गुमाएका बालबालिकाको तथ्याङ्क सङ्कलन गरिएको बताएका छन् । हाल एक सय ६९ बालबालिकाको व्यवस्थापन सुरु गरेको बताए । यी बालबालिकाको सरकारले अभिभावकत्व ग्रहण गर्ने नीतिअनुसार खोजी गरेको पनि उनले बताए। नेपालबाट हराएका कतिपय बालबालिकाका विदेशमा समेत भेटिएका बताएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति