प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता सम्पन्न


काठमाडौँ, मंसिर ४ । प्रकाश दाहाल स्मृति दोश्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको महिला ५४ केजीमा नेपाल आर्मीकी मिनु गुरुङले स्वर्ण पदक जितेकी छन् ।

नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा भएको प्रतियोगिताको शुक्रबारको फाइनलमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी मिनुले नेपाल प्रहरीकी निशा तामाङलाई पराजित गरेकी हुन् ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हाताको कराते हलमा भएको प्रतियोगिताको महिला ४८ केजीमा नक्सालकी सुष्मा तामाङले एचटुओकी अस्मिता दुवाल, ५० केजीमा एपीएफकी माला राईले कास्कीकी सोनिया बरुवाल तथा ५२ केजीमा आर्मीकी ललिता महर्जनले नक्सालकी शिला राईलाई फाइनलमा हराउँदै पहिलो स्थान हात पारे ।

स्वर्ण पदकका लागि पुरुषतर्फ ४८ केजीमा आर्मीका सुशील थापाले सुर्खेतका मोहन गुरुङलाई हराएका थिए भने ५१ केजीमा एपीएफका प्रदीप महर्जनले आर्मीका सुवास तामाङलाई, ५४ केजीमा आर्मीका प्रेम चौधरीले भूपु बक्सिङका उपास गुरुङलाई, ५७ केजीमा एपीएफका पुरन राईले बक्समान्डुका सुरज महर्जनलाई, ६० केजीमा बीएनकेबीका इन्द्रबहादुर सुनारले कञ्चनपुरका महेन्द्र चन्दलाई साथै ६३।५ केजीमा एपीएफका सोनम सार्कीले आर्मीका दोलबहादुर चौधरीलाई हराएका थिए ।

विजेतालाई पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वमन्त्री विना मगर, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा। दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले कार्यक्रमबीच पुरस्कार हस्तान्तरण गरे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति