८ हजार ९७२ मा परीक्षण गर्दा २९६ लाई कोरोना

काठमाडौं, ३ मंसिर । नेपालमा थप २९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार २९६ जना संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा ८ हजार ९७२ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ७ हजार ७७७ जनाको पिसिआर परीक्षण र ११९५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। नेपालमा हाल ७ हजार ५३९ जना सक्रिय संक्रमित छन्। यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ५ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ४९४ पुगेको छ। ३६९ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.७ प्रतिशत छ। त्यस्तै, काठमाडौं उपत्यकामा १२० थपिएका छन्। जसमध्ये काठमाडौंमा ९१, ललितपुरमा १९ र भक्तपुरमा १० संक्रमित छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति