काठमाडौं, ३ मंसिर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूबीच शिष्टाचार भेटघाट भएको छ ।
सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा शुक्रबार भएको भेटमा अमेरिकी सहायक विदेशमन्त्री लूले अध्यक्ष ओलीलाई अमेरिकी अनुदानसम्बन्धी सम्झौता (एमसीसी) के हुन्छ भनेर जिज्ञास ब्यक्त गरेका छन् । जवाफमा अध्यक्ष ओलीले एमसीसीबारे सरकारले आफ्नो दलसँग अहिलेसम्म कुनै परामर्श नगरेको भन्दै यसबारे ठोस धारणा नबनाएको बताएका थिए । ‘सत्तासिन गठबन्धनलाई अहिले हाम्रो आवश्यकता नभएको पनि हुन सक्छ, सरकारसँग सामान्य बहुमत छ । तसर्थ सरकारले चाहँदा त्यो पास हुने कुरा होला । त्यसैले पनि हामीसँग एमसीसीबारे छलफल नगरेको हुन सक्छ ’ उनले भने ।
भेटमा अध्यक्ष ओलीले कोभिड–१९ लगायत स्वास्थ्य, शिक्षा, पूर्वाधार क्षेत्रमा अमेरिकाले गरेको सहयोगका लागि धन्यवाद दिएका थिए ।विदेशमन्त्री लूले अमेरिकी सहयोग निरन्तर जारी रहने भन्दै नेपाललाई थप नयाँ क्षेत्रमा पनि सहयोग गर्न चाहेको जानकारी ओलीलाई गराएका थिए ।
प्रतिक्रिया