नेपालमा शरणार्थी थपिनुकाे प्रमुख कारण ‘अमेरिकी सपना’

काठमाडौ, २ मंसिर । नेपालमा शरणार्थी थपिनुमा ‘अमेरिका सपना’ महत्वपूर्ण कारण देखिन्छ । भुटानी शरणार्थी काठमाडौंबाट अमेरिका गएर सुखी जीवन बिताइरहेका हुनाले तस्करले ती समूहलाई सो सपना बेच्ने गरेका छन् । तिब्बत र भुटानकाबाहेक ६६४ जना विभिन्न देशका शरणार्थी काठमाडौंमा छन् । उनीहरूलाई युएनएचसीआरले व्यवस्थापन गर्दै आएको बताएका छन् ।

कपनस्थित रोहिङ्ग्या क्याम्पमा अहिले ४ सय १९ जना रोहिङ्ग्या शरणार्थी बस्दै आएका छन् । तिब्बत र भुटानबाट पहिल्यै आइसकेका भन्दा बाहेकलाई नेपाल सरकारले शरणार्थीका मान्यता दिएका छैनन् । तिब्बती र भुटानी शरणार्थीहरू नेपालमा करिब १२ हजार रहेकाे सरकारकाे तथ्यांक रहेकाे छ । तीबाहेक नयाँ शरणार्थी स्वीकार्ने कानुनी व्यवस्था छैन । तर अहिले म्यानमारबाट बंगलादेश हुँदै नेपाल आएका मुस्लिम समुदायका रोहिङ्ग्या र तालिवानले सत्ता कब्जा गरेपछि अफगानिस्तानबाट नेपालमा शरण लिन आउनेको संख्या थपिँदै गएका छन् ।

युएनएचसीआरमा दर्ता नभएकालाई नेपालको कानुनले अवैध आप्रवासीका रूपमा चिन्ने गरेको अध्यागमन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले बताए । भट्टराईले भने–‘शरणार्थीसम्बन्धी छुट्टै कानुन छैन,अध्यागमन ऐनले शरणार्थी चिन्दैन ।’ युएनएचसीआरले प्रमाणित गरेपछि चाहिँ युएनले भनेअनुसार हुने हुनाले अवैध बाटोबाट नेपाल आउनेहरू हतार–हतार परिचयपत्र लिने गरेका बताएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति