गोला प्रथाबाट प्रधानन्यायाधीश जबराको अधिकार कटौती

काठमाडौं, २ मंसिर । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले गोला प्रथाबाट प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको अधिकार कटौती हुने बताएका छन् ।राजालाई हटाउनुअघि पनि अधिकार कटौती गरिएको स्मरण गर्दै उनले राजीनामा दिनुपर्ने जबराको पनि अधिकार गोलाप्रथाले कटौती हुने बताए ।प्रधानन्यायाधीश जबरा बाहेकका न्यायाधीशहरुको बैठक बसेर गोलाप्रथाको कार्यविधि पास गर्नुका साथै सर्वोच्च अदालतको नियमावली संशोधन गरेको छ ।

यो राजपत्रमा प्रकाशित भएपछि सर्वोच्च अदालतको पेशी व्यवस्थापनमा गोला प्रथा लागू हुनेछ ।गोलाप्रथा लागू भएपछि प्रधानन्यायाधीशको आफूखुसी गर्न नपाउने भन्दै बार अध्यक्ष श्रेष्ठ भन्छन्, ‘गोला प्रणाली हाम्रो पनि माग हो । प्रधानन्यायाधीशले गोला लिन पाउनुहुन्न ।’गोला प्रणाली लागू भएपछि बहसमा जानु हुन्छ कि हुन्न भन्ने प्रश्नमा श्रेष्ठले भने, ‘हामीले जे उद्देश्यले लिएर आन्दोलन गरेका छौं, त्यसमा तलमाथि पर्ने अवस्था भयो भने मान्दैनौं भनेका छौं ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति