सर्वोच्चमा गोलाप्रथा लागू गर्ने फुल कोर्टको निर्णय

काठमाडौं, २ मंसिर । सर्वोच्च अदालतको पूर्ण (फुल कोर्ट) बैठकले सर्वोच्च अदालतमा मुद्दाको पेसी तोक्न गोलाप्रथा प्रणाली लागू गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको फुलकोर्ट बैठकले गोलाप्रथा प्रणालीबाट मुद्दाको पेशी तोक्ने नियमावली संशोधन गरेसँगै अब प्रधानन्यायाधीशले पेशी तोक्न नपाउने भएका हुन्।‘फुलकोर्ट बैठकले गोलाप्रथा प्रणालीसँग सम्बन्धित नियमावली र निर्देशिका स्वीकृत गरेको छ। बैठकबाट स्वीकृत नियमावली र निर्देशिका कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाउने र राजपत्रमा सूचना प्रकाशित भएपछि पुनः फुल कोर्ट बसेर त्यसले तोकेपछि गोलाप्रथा लागू हुनेछ’, बैठकबारे जानकारी दिदै एक न्यायाधीशले भने। १८ जना न्यायाधीशहरू छुट्टै बसेर गोला प्रथा नियमावली संशोधन र निर्देशिका पारित गर्ने निर्णय गरेको हो।

‘प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराबाहेकका हामी १८ जना न्यायाधीशको फुल कोर्टले सर्वोच्च अदालत नियमावली संशोधन र गोलाप्रथाको निर्देशिका कार्यविधि पारित गरेर निर्णय प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा र मुख्य रजिस्टार लालबहादुर कुँवरलाई पठायौं’, ती न्यायाधीशले भने,‘उहाँहरूले हस्ताक्षर गरेपछि पास हुन्छ।

हस्ताक्षर गर्नुहुन्छ होला भन्ने आशा छ।’प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आन्दोलनमा रहेका न्यायाधीशहरू बिहीबार फुल कोर्ट बैठकमा सहभागी थिए। प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै आएका न्यायाधीशहरु पनि गोला प्रथाबाट मुद्दा हेर्न तयार भएका छन्। यद्यपी उनीहरू प्रधानन्यायाधीशसँग इजलास सेयर नगर्ने भएका छन्।गोला प्रथा लागू नभएसम्म न्यायाधीशहरूले भोलिदेखि बन्दी प्रत्यक्षीकरण, पुनरावेदन फिर्ता, फैसला संशोधन, निवेदन फिर्ताजस्ता मुद्दाहरू हेर्ने भएका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति