सर्लाही , २ मंसिर । सर्लाहीको हरिपूर्वा नगरपालिका–५ मा रहेको केश्वर गरिब जनता माविमा विद्यालयले लैजाने गरेको शैक्षिक भ्रमणको विषयलाई लिएर विद्यार्थीबीच झडप भएको छ। बुधबार दिउँसो विद्यालय प्रांगणमै विद्यार्थीबीच झडप हुँदा झडपमा परेर कक्षा १० मा पढ्ने १८ वर्षका सुनिल कुमार राय र १८ वर्षकै अर्जुन माझी गरेर दुई विद्यार्थी घाइते भएका छन्।
विद्यार्थीहरुमा एक पक्ष जाने र अर्को पक्ष भ्रमण नजाने भन्दा विवाद भएको विद्यालयका प्रधानाध्यापक गंगाराम रायले बताए । विद्यार्थीहरुबीच पुनः झडप हुन नदिन बिहीबार बिहानैदेखि विद्यालय क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको र शैक्षिक भ्रमणको विवादले मंगलबार र बुधबार विद्यालयमा पठनपाठन हुन नसकेको प्रअ रायले बताए। यो झडपमा घाइते भएका दुई विद्यार्थीको भने स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
प्रतिक्रिया