सर्वोच्च अदालतका न्यायाधीशहरुको छलफल : १८ जना उपस्थित

काठमाडौं, २ मंसिर । सर्वोच्च अदालतमा न्यायाधीशहरुको छलफल सुरु भएको छ । सबै न्यायाधीशहरुको पूर्ण बैठक (फुल कोर्ट) बाट पेशी व्यवस्थापनसम्बन्धी सर्वोच्च अदालत नियमावलीको नियम संशोधन गरी गोला प्रथासम्बन्धी निर्देशिका मस्यौदा गर्ने तयारीका लागि न्यायाधीशहरुको छलफल सुरु भएको हो ।

यसअघि प्रधानन्यायाधीशले पेशी तोक्ने व्यवस्था रहेकामा त्यसलाई संशोधन गरेर गोला प्रथाबाट पेशी तोक्न मिल्ने गरी नियमावली संशोधनका लागि फुल कोर्ट बस्ने तयारी भएको छ ।

फुल कोर्ट बैठक प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविनाको हुने र अरु न्यायाधीशले गरेको निर्णयमा उनले हस्ताक्षर गर्ने तयारी रहेको एक न्यायाधीशले जानकारी दिए ।सर्वोच्च अदालतमा प्रधानन्यायाधीशबाहेक १९ जना न्यायाधीश रहेकामा बिहीबार १८ जना उपस्थित छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति