अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको प्रभाव नेपालमा आंशिक


काठमाडौँ, २ मंसिर । नेपालमा आज अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव परेको छ ।जसकारण हाल वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।विभागकाअनुसार दिउँसो प्रदेश १, वाग्मती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ ।

शुक्रबार उच्च पहाडी तथा हिमाली भू(भागहरुका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।शनिबार वाग्मती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा आंशिकदेखि सामान्य बदली रहनेछ । गण्डकी र कर्णालीका हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति