कतार विश्वकप : हालसम्म १३ राष्ट्र छनोट

काठमाडौं, १ मंसिर । आगामी वर्ष एसियाली मुलुक कतारमा हुने फिफा विश्वकपका लागि हालसम्म १३ टोली छानिएका छन्। ३२ टिम सहभागी हुने प्रतियोगितामा १९ टिमको टुंगो लाग्न बाँकी छ।

सन् २०२२ को नोभेम्बर र डिसेम्बरमा हुने विश्व फुटबलको महाकुम्भ पहिलो पटक मध्यपूर्वमा हुन लागेका हो।

कतारका विभिम्न ५ सहरका ८ रंगशालामा विश्वकपका खेलहरू हुनेछन्। जसमा लुसाल, अल खोर, अल रायान, अल वाक्रह र दोहाका विभिन्न रंगशालामा खेलहरू हुनेछन्।

सन् २०२२ को नोभेम्बर २१, सोमबार विश्वकपको उद्‌घाटन खेल हुने तालिका यसअघिनै फिफाले सार्वजनिक गरिसकेको छ। पहिलो दिन चार खेल हुनेछन्।

यस्तै फाइनल खेल सन् २०२२ को डिसेम्बर १८, आइतबार हुनेछ। यसका लागि छनोट खेलहरू धमाधम भइरहेका छन्। विभिन्न ३१ राष्ट्रले छनोट चरण पार गर्नुपर्नेछ भने आयोजकका हिसाबमा कतारले स्वतः प्रवेश पाएको छ।

युरोपबाट छनोट हुने १३ मध्ये १० वटा टोली छनोट भइसकेका छन्। बाँकी ३ टोलीले प्ले अफबाट विश्वकपमा स्थान पक्का गर्नेछन्।

यस्तै दक्षिण अमेरिकन छनोटबाट सोझै छनोट हुने ४ मध्ये हालसम्म ब्राजिल र अर्जेन्टिना छनोट भइसकेका छन्। बाँकी २ टिम सोझै छनोट हुनेछन् भने थप १ टिम क्वालिफायर खेलेर आउनेछ।

प्लेअफ
युरो च्याम्पियन इटालीले पनि यो पटक विश्वकपमा छनोट हुन प्लेअफ खेल्नुपर्ने भएको छ। सोझै छनोट हुने मौका सोमबार राति गुमाएसँगै इटालीले आगामी मार्चमा प्लेअफ खेल्नुपर्ने भएको हो।

विश्वकपमा सोझै छनोट हुने आशा गरिएका इटालीबाहेक केही राम्रा टिम प्ले अफमा धकेलिएका छन्।

इटालीसँगै युरोप छनोटमा अन्य समूहका दोस्रो स्थान हासिल गर्ने १० टोली र नेसन्स लिगको वरीयता अनुसार २ टोलीले प्लेअफमा खेल्नेछन्। प्लेअफको ड्र नोभेम्बर २६ मा हुनेछ। प्लेअफ चरणबाट तीन टोलीले विश्वकपमा स्थान बनाउनेछन्। 

प्लेअफमा पुग्ने टिम

  • पोर्चुगल – (युरो छनोट समूह ए उपविजेता)
  • स्कटल्याण्ड – (युरो छनोट समूह एफ उपविजेता)
  • इटाली  – (युरो छनोट समूह सी उपविजेता)
  • रसिया  – (युरो छनोट समूह एच उपविजेता)
  • स्वीडेन – (युरो छनोट समूह बी उपविजेता)
  • वेल्स – (युरो छनोट समूह ई उपविजेता)
  • टर्की – (युरो छनोट समूह जी उपविजेता)
  • पोल्याण्ड – (युरो छनोट समूह आई उपविजेता)
  • नर्थ मासेडोनिया – (युरो छनोट समूह जे उपविजेता)
  • युक्रेन – (युरो छनोट समूह डी उपविजेता)
  • अष्ट्रिया- नेसन्स लिग समूह विजेता
  • चेक गणतन्त्र- नेसन्स लिग समूह विजेता

कहाँबाट कति राष्ट्र हुन्छन् विश्वकपमा छनोट

  • अफ्रिका- ५
  • एसिया- ४+१ प्लेअफ क्वालिफायर
  • युरोप- १३
  • उत्तर/ मध्य अमेरिका र क्यारेबियन- ३+ १ क्वालिफायर
  • ओसिनिया- १ प्लेअफ क्वालिफायर
  • दक्षिण अमेरिका- ४ + १ क्वालिफायर
  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति