आयात घटाउन र निर्यात बढाउन सरकारले पहल गर्नुपर्छः उपाध्यक्ष ढकाल

झापा, १ मङ्सिर । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले करको दायरालाई फराकिलो बनाउनुपर्ने बताए ।

आन्तरिक राजस्व कार्यालय भद्रपुर र विर्तामोड उद्योग वाणिज्य सङ्घद्वारा संयुक्त रुपमा झापाको विर्तामोडमा आज आयोजित दशौं कर दिवस कार्यक्रममा उनले साना करदातालाईसमेत समेटेर अघि बढ्नसके मात्र राजस्वमा सुधार आउने बताए । वरिष्ठ उपाध्यक्ष ढकालले नेपाली वस्तु उत्पादन गरेर सकेसम्म बढी निर्यात गर्ने र आयात घटाउने हो भने पनि राजस्वमा उलेख्य वृद्धि हुने बताउँदै आन्तरिक उद्योग बढाउन र धेरैभन्दा धेरै मानिसलाई करको दायरामा ल्याउन फराकिलो नीति अवलम्बन गर्न सरकारसँग माग गरे।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board