हेटौँडामा जीपको ठक्करबाट एक जनाको मृत्यु

मकवानपुर, १ मङ्सिर । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–९ मा गए राति जीपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको ना३च ११९३ नम्बरको बोलेरो जीपले विपरीत दिशाबाट गइरहेको ना३४प ६०४४ नंको मोटरसाइकललाई ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मकवानपुरको कैलाश गाउँपालिका–४ कालिकाटारका २४ वर्षीय अबिरल रिजालको मृत्यु भएको प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए । दुर्घटनामा परी गम्भिर घाइते उनको हेटौँडा अस्पतालमा मृत्यु भएको हो । रिजालको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति