सर्वोच्चको विवाद केही दिनभित्रै समाधान हुन्छ: अध्यक्ष प्रचण्ड

काठमाडौं, १ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अदालतमा देखिएको विवाद केहि दिनमा समाधान हुने विश्वास ब्यक्त गरे । अदालतमा देखापरेका समस्याबारे गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रचण्डले यो समस्याको छिटोभन्दा छिटो समाधान होस् भन्ने अपेक्षा राखेको बताए ।

महोत्तरीको रामगोपालपुर नगरपालिकामा आयोजित कार्यक्रममा सहभागी हुन आउने क्रममा बुधबार जनकपुर विमानस्थलमा पत्रकारसँग छोटो कुराकानी गर्दै उनले अदालतको समस्या समाधानका निम्ति सबै पक्षले आ(आफ्नो ठाउँबाट पहल गर्ने आशा व्यक्त गरे ।‘हामी अदालतबाटै एक/दुई दिनभित्र समस्या समाधान होस् भन्ने चाहेका छौं’ उनले भने ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति