सुनको मूल्य प्रतितोला रु ५०० ले घट्यो

काठमाडौँ, १ मङ्सिर । नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५०० ले ओरालो लागेर रु ९४ हजार ३०० तोकिएकोे छ । पहेँलो धातु मङ्गलबार प्रतितोला रु ९४ हजार ८०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९३ हजार ८०० तोकिएको छ यसको मूल्य मङ्गलबार प्रतितोला रु ९४ हजार ३०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार २८० तोकिएको महासङ्घले जनाएको छ । चाँदी आइतबार प्रतितोला रु एक हजार २९० मा कारोबार भएको थियो ।

महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको काारोबार मूल्य तोक्दै आएको छ । अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार ८५४ डलर आसपासमा कारोबार भइरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति