प्रचण्ड उद्घाटनमा जाँदा महोत्तरीमा सार्वजनिक बिदा

काठमाडौं, ३० कार्तिक । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड महोत्तरीको एक स्वास्थ्य संस्था उद्घाटनमा जाने भएपछि त्यहाँको एक नगरपालिकाले अनौठो निर्णय गरेको छ । महोत्तरीको रामगोपालपुर नगरपालिकाले प्रचण्ड उद्घाटनमा आउने भएपछि बुधबार एक दिन सार्वजनिक बिदा नै दिने निर्णय गरेको हो ।
नगरपालिका अन्तर्गतका आधारभूत स्वास्थ्य केन्द्रहरू वडा नम्बर २,३,४,६,७, ८ र ९ को उद्घाटनका लागि प्रचण्ड महोत्तरी जाने कार्यक्रम रहेको नगरपालिकाको सूचनामा उल्लेख छ । सूचनाअनुसार प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम दिउँसो १२ बजे रामगोपालपुर प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति