काठमाडौं, ३० कार्तिक । प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय पदमुक्त भएका छन्। मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा प्रदेश प्रमुखले उनलाई पदमुक्त गरेका हुन्।मुख्यमन्त्रीले उनीसँग राजीनामा मागेका थिए। तर उनले राजीनामा नदिएपछि उनलाई पदमुक्त गरिएको बताइएको छ। नेकपा एकीकृत समाजवादीलाई प्रदेश सरकारमा सामेल गराउन उनलाई पदमुक्त गरिएको बताइन्छ।
राजीनामा नदिएपछि प्रदेश २ का उद्योगमन्त्री रायलाई गरियो पदमुक्त
प्रतिक्रिया