कोरोनाका कारण अमेरिकाका एक लाख ४० हजार बच्चा अभिभावक विहिन

काठमाडौं, ३० कार्तिक । कोरोनाभाइरसको महामारीका कारण अमेरिकामा एक लाख ४० हजारभन्दा बढी बालबालिका अभिभावक विहिन भएका छन् । ‘विजनेश इन्साइडर’ले तयार पारेको प्रतिवेदनमा महामारीका कारण बालबालिको जीवनमा दिर्घकालिन असर परेको उल्लेख छ । सो प्रतिवेदन अनुसार देशका हरेक ५०० मध्ये एक जना अभिभावक विहिन हुनु परेको देखिएको छ । अभिभावक विहिन भएपछि बालबालिकाहरुले मनोवैज्ञानिक तथा आर्थिक समस्या भोग्नु परेको अधिकारीहरुले जनाएका छन् । अभिभावक गुमाएका बालबालिकाहरु मध्ये धेरै बालबालिकाहरु अल्पसङ्ख्यक तथा सानो समुदायका धेरै रहेको पाइएको छ । कोरोनाभाइरसको महामारीबाट अत्यधिक धेरै प्रभावित देशको अग्रसूचीमा अमेरिका पर्दछ । कोरोनाका कारण मृत्यु भएका, सङ्क्रमित भएका र अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या अमेरिकामै सवैभन्दा धेरै रहेको छ । कोरोनाभाइरसका कारण अमेरिकामा अहिलेसम्म सात लाख ६४ हजारभन्दा बढीको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति