काठमाडौं, ३० कार्तिक । सत्तारूढ गठबन्धनले बनाएको राजनीतिक समन्वय समितिको पहिलो बैठक आज बस्ने भएको छ।आज सिंहदरबारमा बैठक बस्ने भएको हो।संयोजक रामचन्द्र पौडेलले आज अपरान्ह ३ बजेका लागि बैठक बोलाएको उनका स्वकीय सचिव चिरञ्जीवि अधिकारीले बताए। समसामयिक राजनीतिक घटनाक्रमबारे आज छलफल गर्ने तयारी छ।गठबन्धनमा रहेका पाँच दलबाट दुई/दुई जना र सरकारका मन्त्री ज्ञानेन्द्रबहादुर कार्की समन्वय समितिमा छन्। दुई/दुई महिनामा आलोपालो गरी समन्वय समितिको संयोजक परिवर्तन गर्ने सहमति छ।
आज सत्तारूढ गठबन्धनले बनाएको समन्वय समितिको पहिलो बैठक बस्दै
प्रतिक्रिया