काठमाडौं, २९ कात्तिक । सर्बियाले सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपमा पोर्चुगललाई स्तब्ध पार्दै छनोट भएको छ ।आइतबार राति भएको युरोपियन छनोटअन्तर्गतको समूह ए को खेलमा सर्बियाले पोर्चुगलमाथि २–१ गोल को पुनरागमन जित हात पार्यो । रेनाटो सान्चेजको गोलमार्फत घरेलु मैदानमा पोर्चुगलले दोस्रो मिनेटमै अग्रता लिएपनि त्यसलाई कायम भने राख्न सकेन ।

डुसान टाडिकले सर्बियाका लागि ३३ औं मिनेटमा गोल गर्दै खेल बराबरी गरे भने ९०औं मिनेटमा एलेक्सजेण्डर मिट्रोभिकले निर्णायक गोल गर्दै सर्बियाले २–१ ले पोर्चुगललाई हरायो समूह ए मा ८ खेलबाट २० अंक जोड्दै जितपछि सर्बिया शीर्ष स्थानमा रहेर विश्वकपमा पुग्यो । १७ अंक रहेको पोर्चुगलले भने प्लेअफ खेल्नुपर्ने भएको छ । पोर्चुगलका स्टार स्ट्राइभर क्रिटियानो रोनाल्डो विश्वकपमा सिधै आफ्नो देशलाई छनोट गराउन नसकेपछि मैदानमै रोएका थिए ।

प्रतिक्रिया