काठमाडौँ , २८ कार्तिक । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि ११ जनाको आवेदन परेको छ । आइतबार आवेदन दिने अन्तिम दिन हो । उक्त दिन कार्यालय समयसम्म ११ जनाको आवेदन परेको अर्थ मन्त्रालयले बताएको छ ।उक्त पदका लागि हाल नेप्सेका निमित्त सीईओ निरञ्जन फुयाल, नेप्सेकै प्रविण प्रवीण पन्दाक, रमेशकुमार भट्टराई, रमेश धिमिरे, छविराज पन्त, गोविन्द दाहाल, केशवप्रसाद श्रेष्ठ, बद्रीप्रसाद प्याकुरेल, जीवन अमगाई, कृष्णबहादुर कार्की र दिपक गौतम छन् ।नेप्सेमा सीईओ नियुक्तिका लागि अर्थ मन्त्रालयका सहसचिव रमेश केसीको संयोजकत्वमा गठित सिफारिस समितिले १५ दिनको समय दिएर शिलबन्दी आवेदन आह्वान गरेको थियो । आज आवेदन दिने अन्तिम दिन हो ।समितिमा अर्थ मन्त्रालयकै सहसचिव रितेश शाक्य र विज्ञ सदस्यमा नेप्सेका पूर्वअध्यक्ष जीवनाथ धिताल सदस्य रहेका छन् ।परेका आवेदनमध्ये समितिले तीन जनाको नाम सिफारिस गर्नेछ । तीनै नाममध्येबाट मन्त्रिपरिषद्ले १ जनालाई चार वर्षका लागि सीईओ छान्नेछ । सर्वोत्तम सिमेन्टको सेयर कारोबारमा संलग्न भएको आरोप लागेपछि नेप्सेका पूर्वसीईओ चन्द्रप्रकाश साउदले कार्यकाल सकिन एक महिनाअघि राजीनामा दिएका थिए । त्यसपछि खाली रहेको उक्त पदमा नयाँ नियुक्त गर्न लागिएको हो ।प्राप्त आवेदनउपर अब छिट्टै अध्ययन सुरु हुने अर्थ मन्त्रालय स्रोतले बताएको छ ।
नेप्सेको सीईओका लागि आवेदन दिनेको सूची
१. निरञ्जन फुयाल
२. प्रवीण पन्दाक
३. रमेशकुमार भट्टराई
४. रमेश धिमिरे
५. छविराज पन्त
६. गोविन्द दाहाल
७. केशवप्रसाद श्रेष्ठ
८. बद्रीप्रसाद प्याकुरेल
९. जीवन अमगाई
१०. कृष्णबहादुर कार्की
११ दिपक गौतम
प्रतिक्रिया