काठमाडौं, २८ कात्तिक । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले शेयर बजारको इतिहासमै सबैभन्दा ठूलो साधारण शेयर (आईपीओ) निष्काशन गरेको थियो । उक्त बैंकको मूनाफा ३४.३७ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा बैंकले २४ करोड २० लाख रुपैयाँ खुद मुनाफा कमाएको छ ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा निफ्राले १८ करोड १ लाख रुपैयाँ मात्र खुद मूनाफा आर्जन गरेको थियो । आइतबार सार्वजनिक वित्तीय प्रतिवेदन अनुसार निफ्राको प्रति शेयर आम्दानी १ रुपैयाँ १६ पैसाले घटेर ४ रुपैयाँ ८४ पैसा पुगेको छ ।गत वर्ष ८ अर्ब रुपैयाँको सर्वसाधारणका लागि निफ्राले आईपीओ जारी गरेकोमा आवेदन दिएका (रद्द बाहेक) सबैले शेयर हात पारेका थिए ।
प्रतिक्रिया