अमेरिकी गुप्तचर निकाय एफबीआईको सर्भरमा हजारौँ नक्कली इमेल गएपछि साइबर आक्रमणको आशङ्का

अमेरिका । हजारौँ नक्कली इमेलहरू अमेरिकाको सङ्घीय अनुसन्धान ब्युरो एफबीआईको सर्भरबाट गएको घटना साइबर आक्रमण हुनसक्ने भन्दै ब्युरोले अनुसन्धान थालेको छ ।

पठाइएका इमेलहरू यूएस डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीबाट आएको जस्तो देखिने गरी ’अर्जेन्टः थ्रेट एक्टर इन सिस्टम्स’ विषय रहेको र एउटा सम्भावित जोखिमका बारेमा चेतावनीका रूपमा भएको दाबी गरिएर पठाइएका थिए। ती इमेलमा प्रापकहरूलाई उनीहरू डार्क ओभरल्यान्ड नामक पैसा धुत्न खोज्ने समूहको एउटा जटिल आक्रमणको लक्ष्य रहेको कुरा लेखिएको स्पामहउस नामक गैरनाफामूलक समूहले बताएको छ।

ती इमेलमा प्रेषकको नाम वा सम्पर्क जानकारी नभएको तर उक्त इमेलका ठेगानाहरू सही भएको र ती एफबीआईकै पूर्वाधारबाट आएका कारण त्यसले काममा निकै खलल पारेका स्पामहउसले बताएको छ ।यस्ता एक लाखभन्दा बढी इमेल प्रेषित गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। (एजेन्सी)

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति