साविक विजेता फ्रान्स विश्व कपमा छनोट : एम्बाप्पेको ह्याट्रिक

काठमाडौं, २८ कार्तिक । साविक विजेता फ्रान्सले सन् २०२२ मा कतारमा हुने फिफा विश्व कपमा छनोट भएको छ। युरोपियन छनोट अन्तर्गत गएराति भएको खेलमा कजाकस्तानलाई ८–० ले हराउँदै फ्रान्स विश्व कपमा छनोट भएको हो। फ्रान्सका केलियन एम्बाप्पेले ह्याट्रिकसहित ४ गोल गरे। फ्रान्सका लागि एम्बाप्पेको यो पहिलो ह्याट्रिक हो । करिम बेन्जिमाले दुई तथा एड्रिन रोबिट र एन्टोनी ग्रीजम्यानले एकरएक गोल गरे । यो जितसँगै समूह ‘डी’ को फ्रान्सले ७ खेलमा १५ अङ्क जोडेको छ । फ्रान्स शीर्ष स्थानमा छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति