काठमाडौँ, २८ कार्तिक । भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले युद्धको नयाँ मोर्चाका रुपमा नागरिक समाज देखा परेको बताएका छन् ।
हैदराबादस्थित सरदार बल्लभभाई पटेल प्रहरी एकेडेमीमा नेपाल, भारत, माल्दिभ्स र भुटानका प्रहरी अधिकृतहरुलाई शुक्रबार सम्बोधन गर्ने क्रममा डोभलले नागरिक समाजले तोडमरोड गरेर राष्ट्रिय स्वार्थलाई क्षति पुर्याउन सक्ने बताएका छन् ।उनले १७ विदेशीसहित तालिमे अधिकृतसहित भारतका ७३ औं ब्याचका १ सय ३२ आइपिएस अधिकृतहरुलाई शुभकामना दिँदै सो कुरा बताएको भारतीय सञ्चारमाध्यमले एनडिटिभीले जनाएको छ ।तपाईंहरुले चौथो पिढीको युद्ध भन्ने गर्नु भएको युद्धको नयाँ मोर्चा नागरिक समाज हो । युद्धहरु राजनीतिक वा सैनिक उद्देश्य प्राप्त गर्ने प्रभावकारी माध्यम बन्न छाडेको छ । त्यो निकै महँगो वा धान्न नसकिने भएको छ साथसाथै त्यो यसको परिणाम पनि अनिश्चित हुन्छु डोभालले सम्बोधन गर्दै भनेका छन्, ुतर कुनै पनि राष्ट्रमा नागरिक समाजले राष्ट्रिय स्वार्थलाई क्षति पुग्नेगरी भड्काउने, घृणा, विभाजन, तोडमरोड गर्नसक्छन् ।
तपाईंहरु यो सबै रुपमा सुरक्षित छ भनेर हेर्नका लागि हो ।उनले युवाहरु प्रशिक्षार्थीहरु नयाँ राष्ट्रिय अवधारणा विकासदेखि राष्ट्रिय सेवामा प्रभावकारी योगदानका लागि भएको बताए ।र्यक्रममा उनले प्रविधिको मोर्चामा पनि उत्कृष्ट हुनु पर्नेमा जोड दिए । उनले भने, तपाईंहरुको सफलताबिना देश सफल हुँदैन । आन्तरिक सुरक्षा असफल भयो भने कुनै पनि देश महान् हुन सक्दैन । जनता सुरक्षित र सुनिश्चित भएनन् भने उनीहरुले आफ्नो संभावनाअनुसार विकास गर्न सक्दैन र संभवतस् देशको पनि कहिले विकास हुँदैन ।
प्रतिक्रिया