एक सय ८४ किलो चरेससहित तीनजना पक्राउ


काठमाडौं । रत्ननगर इलाका प्रहरी कार्यालयले आज एक सय ८४ किलो ३५० ग्राम चरेससहित तीनजनालाई नियन्त्रणमा लिएको छ । रत्ननगर नगरपालिका–१४ शान्ति चोकबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार स्थानीयवासी विष्णु पन्तको घरमा गोदाम बनाई लुकाइराखेको अवस्थामा चरेस बरामद गरिएको थियो । पन्तको घरलाई वडा नं १५ निवासी उद्धव अधिकारीले गोदामका रुपमा प्रयोग गर्दै आएका थिए । गोदमबाट ३२ वटा कार्टुनमा १९२ वटा चेवनपरासको भाँडामा राखिएको अवस्थामा चरेस बरामद गरिएको थियो । उक्त घटनामा सम्लग्न अन्यको खोजी भइरहेको जनाइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति