काठमाडौं–हेटौंडा सुरुङमार्ग र विद्युतीय बस सञ्चालनको पूर्वयोजना पाण्डेद्धारा स्थगित

बागमती । बागमती प्रदेश सरकारले विद्युतीय बस खरिद र हेटौंडा–काठमाडौं सुरुङमार्ग बनाउने योजना तत्कालका लागि स्थगित गरेको छ ।बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफ्नो पार्टी एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा दिएको जानकारीअनुसार विद्युतीय बस खरिद गर्नेको योजना हाललाई स्थगित गरिएको हो । डोरमणि पौडेल नेतृत्वको सरकारले विद्युतीय बस खरिद गर्न भनेर ३० करोड रुपैया“ बजेट छुट्याएको थियो । तर सडक पूर्वाधार पनि नभएको र चार्जिङ स्टेशन पनि नबनेकाले हाललाई विद्युतीय बस खरिदको योजना स्थगित गर्नुपरेको मुख्यमन्त्री पाण्डेले बताए ।

जनकपुरको रेल जस्तै त्रिपाल ओढाएर राख्ने अघिल्लो सरकारको योजना रहेछ भन्दै उनले हाललाई यो योजना स्थगित गरेको जानकारी दिए । त्यसैगरी हेटौंडा–काठमाडौं सुरुङमार्गलाई अघिल्लो सरकारले ५० करोड रुपैया“ बजेट छुट्याएको थियो । तर यो आयोजनामा सरकारले १८ अर्ब रुपैया“ लागत अनुमान गरेको भएपनि ३० अर्ब लाग्ने देखिएको र केन्द्र सरकारले रकम दिने सुनिश्चितता पनि नभएकाले यो योजना पनि हाललाई स्थगित गरिएको मुख्यमन्त्री पाण्डेले बताए । उनका अनुसार प्रदेश सरकारले अहिले तीन वटा कार्यक्रमलाई अगाडि बढाएको छ । प्रदेशका सबै सामुदायिक विद्यालयबाट एसईई पास गरेका छात्राहरुलाई प्रदेश सरकारले आफ्नै खर्चमा प्लस २ पढाउने तयारी छ । यस्तै वैदेशिक रोजगारीमा जाने नागरिकहरुलाई प्रदेश सरकारले ३ र ६ महिना तालिम दिएर दक्ष जनशक्ति बनाएर मात्र पठाउने योजना बनेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board