राष्ट्रिय जनगणनाको तयारी पुरा,मागेको सुचना दिन सभामुखले गरे आग्रह

काठमाडौं । सभामुख अग्नीप्रसाद सापकोटाले राष्ट्रिय आवश्यकतालाई परिपूर्ति हुनेगरी जनगणनाको कामलाई सफलतापूर्वक सम्पन्न गराउन सम्बन्धित सबैस“ग आग्रह गरे । जनगणना मुलुकको सुशासन, समृद्धि र विकास निर्माणका लागि धेरै महत्वपूर्ण विषय भएको उल्लेख गर्दै सभामुख सापकोटाले त्यसलाई राष्ट्रिय आवश्यकता परिपूर्ति हुनेगरी सफलतापूर्वक सम्पन्न गराउन सबैले आ–आफ्नो ठाउ“ सघाउनु पर्नेमा जोड दिए । केन्द्रिय तथ्यांक विभागका पदाधिकारीस“ग शनिबार आफ्नो र परिवारको विवरण संकलन गराउ“दै उनले सही तथ्यांक संकलनका लागि उच्च सतर्कताका साथ काम गर्न पनि सबै गणकहरुलाई अनुरोध गरे ।

सभामुख सापकोटाले जनगणनाको काम सफल बनाउन आफूले आफ्ना ठाउ“बाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । राष्ट्रपति विद्या भण्डारीको पारिवारिक विवरण संकलन गरेर गत कात्तिक २५ गतेदेखि सुरु गरे । ‘राष्ट्रिय जनगणना २०७८’ मंसीर ९ गते सम्पन्न हुनेछ ।‘ मेरो गणना ः मेरो सहभागिता’ भन्ने मूल नाराका साथ सुरु भएको जनगणनाका लागि देशभर ४० हजार गणक र ८ हजार ५ सय सुपरीवेक्षक परिचालन गरिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति