डडेलधुरामा पुनःअधिवेशन नगराए जिल्ला नेतृत्व अनसनमा बस्ने

काठमाडौं । नेपाली का“ग्रेस डडेलधुराका सभापति कर्णबहादुर मल्लले जिल्लाका वडा र पालिका अधिवेशन पुनः गर्नुपर्ने आफूहरुको माग सम्बोधन नभए मंसीर १ गतेदेखि पार्टी केन्द्रिय कार्यालयमा अनसन र धर्नामा बस्न बाध्य हुने चेतावनी दिएका छन् । सभापति कर्णले शनिबार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी अव बस्ने केन्द्रिय कार्य समितिले आफूहरुको माग सम्बोधन नगरे पार्टी केन्द्रिय कार्यालयमै धर्ना र अनसनमा बस्न बाध्य हुने चेतावनी दिए । उनले पार्टी जिल्ला कार्य समितिले स्थगन गर्न लिखित रुपमै पार्टीका केन्द्रिय सभापति शेरबहादुर देउवा र केन्द्रिय निर्वाचन समितिलाई लिखित रुपमै उजुरी गर्दा पनि त्यसको सुनुवाई नभई सत्ता र शक्तिको दूरुपयोग गरेर वडा अधिवेशन र पालिका अधिवेशन गरिएको भन्दै आक्रोश व्यक्त गरे ।

सभापति मल्लले केन्द्रिय निर्वाचन समितिले पनि सभापति देउवाको निर्देशनमा आफूहरुको मागको सुनुवाई समेत नगरेको भन्दै आपत्ति जनाए । उनले सबै जिल्लामा जिल्ला कार्य समितिको निर्देशन अनुसार वडा तथा पालिका अधिवेशनहरु हुने तर डडेलधुरामा किन नहुने भन्दै केन्द्रिय सभापति देउवा र केन्द्रिय निर्वाचन समितिलाई प्रश्न समेत गरे । सभापति मल्लले क्रियाशील सदस्यताको विवाद समाधान नभई आफ्नो जिल्लामा गरिएका वडा तथा पालिका अधिवेशनहरु मान्य नहुने अडान समेत दोहो¥याए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board