शिक्षा मन्त्रालयका उपसचिव अर्यालको निधन


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव ढुण्डीराज अर्यालको ५१ वर्षका उमेरमा मस्तिष्काघातका कारण आज निधन भएको छ ।

उहाँलाई मस्तिष्काघात भएपछि उपचारका लागि शुक्रबार बाँसबारीस्थित न्युरो अस्पतालमा भर्ना गरिएकामा चिकित्सकले बिहान मृत घोषणा गरेका थिए । मन्त्रालयका निमित्त सचिव डा हरि लम्सालले अचानक एक कर्मठ सहकर्मी गुमाउनुपर्दा दुःख लागेको जनाउँदै अर्यालप्रति श्रद्धाञ्जलि र शोककुल परिवारमा समवेदना व्यक्त गरे । अर्यालको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ । अर्यालका रहेकी छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति