विश्वभर ४ लाख ९३ हजार संक्रमित थपिए, ३ लाख ८४ हजार ५५४ जना संक्रमणमुक्त

काठमाडौं,२७ कार्तिक । विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख ९३ हजार ४०४ जना कोरोना संक्रमित थपिएका छन् ।

ओर्ल्डोमिटरको पछिल्लो विवरणअनुसार अमेरिकामा ८१ हजार ५ सय ७४, बेलायतमा ४० हजार ३७५, रूसमा ४० हजार १२३, टर्किमा २३ हजार ६३७ जनामा संक्रमण पुष्टि भएको छ ।

यही अवधिमा ३ लाख ८४ हजार ५५४ जना संक्रमणमुक्त भएका छन् । अमेरकामा ७१ हजार ७९९, रुसमा ३३ हजार ६४५, बेलायतमा २९ हजार ३१३, टर्कीमा २५ हजार १६४ निको भएका हुन् ।

यसैगरी थप ६ हजार ९९५ जना संक्रमितको मृत्यु भएको छ । रुसमा एक हजार २३५, अमेरिकामा ८७०, ब्राजिलमा ६१२, टर्कीमा २१७ र बेलायतमा ६१२ जनाको कोरोनाकै कारण मृत्यु भएको जनाइएको छ ।

यससँगै विश्वभर कोरोनाका कुल संक्रमितको संख्या २५ करोड ३१ लाख ७३ हजार ७११ पुगेको छ। तीमध्य २२ करोड ८९ लाख ६१ हजार १६९ जना संक्रमणमुक्त भइसकेका छन् भने ५१ लाख ३ हजार २३५ जनाले ज्यान गुमाएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति