मेहनत र परिश्रमले मान्छेलाई महान् बनाउँछः सभामुख सापकोटा

बनेपा, २६ कात्तिक । सभामुख अग्नीप्रसाद सापकोटाले मान्छेलाई मेहनत र परिश्रमले महान बनाउने भएकाले जीवनमा मेहनत आवश्यक रहेको बताएका छन् । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ खड्पुमा रहेको एसओएस बालग्राम नेपालले ३५औँ एसओएस अन्तरराष्ट्रिय दिवस २०२१ का अवसरमा आज आयोजित ‘सन् २०२० मा एसओएस बालग्राम काभ्रेलाई उल्लेख्य योगदान दिने व्यक्तित्व सम्मान’ कार्यक्रममा उनले कुनै पनि काम सानो र ठूलोको रुपमा नलिई त्यसलाई गम्भीररुपमा गरेमा मानवीय जीवन सफल र खुशी हुने विश्वास व्यक्त गरे ।

उनले एसओएस बालग्रामले मानव सेवाको लागि थकाइको महसुस नगरिकन जीवन, जगत, मानवजाती र प्राणी जगतका लागि सङ्घर्ष गरेकाले त्यसमा लागेर सेवा गरिरहेकाबाट काम र व्यवहारले देखाएर उदाहरणीय बनेको बताए । मान्छेले सत्य र निष्ठाको कुरा गरिरहँदा उसको जीवनशैली र चरित्र कस्तो छ भन्नेले ठूलो अर्थ राख्ने भएकाले त्यसको नमुना काम बालग्रामले गरेर देखाएको बताए । मेहनत र ज्ञानको विकल्प खोज्न थाल्यौँ भने मान्छेले केही गर्न नसक्ने उल्लेख गर्दै उनले सङ्घर्ष, मेहनत र अध्ययनको लागि जोड दिए ।

सफल मान्छे बन्नका लागि पर्याप्त सामग्री रहेको बताउँदै सभामुख सापकोटाले मानवीय जीवनका लागि सरसफाइ महत्वपूर्ण भएको बताउँदै बालग्रामलाई सफा बनाउने सफल उदाहरण भएको बताए । सो क्रममा उनले सङ्घीयसभाको सभामुख भएको कारण समस्त बालबालिकाको लागि बालबालिकाको हितमा संसदबाट ऐन, कानुन र नियम बनाउन उपयुक्त भूमिका खेल्ने बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति