अमेरिकी पत्रकारलाई म्यानमारमा ११ वर्ष जेल सजायको फैसला

याङ्गुन, २६ कात्तिक । म्यानमारको जुन्ता अदालतले आज एकजना अमेरिकी पत्रकारलाई ११ वर्षको जेल सजाय सुनाएको छ । पक्राउ परेका पत्रकार ड्यानी फेन्स्टर भएको र उनलाई याङ्गुनको इन्सेन जेलमा राखिएको छ । उनका वकिलले गैरकानूनी संगत, सेनाविरुद्ध उक्साउने र भिसा नियम उल्लंघन गरेको लगायतका आरोपमा दोषी ठहर गर्दै जेल सजायको फैसला सुनाएको जानकारी दिएका छन् । म्यानमारको सेनाले गत फेब्रुअरीमा ‘कू’ गरी सत्ता लिएपछि प्रेसलाई पनि नियन्त्रणमा लिएको छ । सैैन्य कूविरुद्ध प्रर्दशन र आलोचना गर्ने दर्जनौं पत्रकारलाई गिरफ्तार गरिएको छ । स्थानीय अनुगमन समूहका अनुसार सैन्य कूका विरोधमा भएको प्रर्दशनको क्रममा १२ सय भन्दा बढी व्यक्तिहरू मारिएका थिए भने, हजारौ पक्राउ परेका थिए । करिब एक वर्षदेखि स्थानीय ‘आउटलेट फ्रन्टियर म्यानमार’का लागि काम गरिरहेका भएका ड्यानी फेन्स्टर आफ्नोे परिवारलाई भेट्न देश छोड्न खोज्दा मे महिनामा पक्राउ परेका थिए । उनलाई अन्य नागारिकलाई उक्साउने, गैरकानूनी रुपमा भिसा नियम उल्लङ्घन गरेकोलागयतका आरोपमा ११ वर्षको जेल सजाय सुनाइएको उनका वकिल थान जाव आङले एएफपीलाई जानकारी दिएका थिए । उनको मुद्धा पुनरावेदन गर्ने कि नगर्ने भन्ने बारेमा निर्णय भइनसकेको ती वकिलले बताएका छन् । उनलार्ई देशद्रोह र आतंकवादको आरोप पनि लगाइएको छ । उनलाई आजीवन जेल सजाय दिन सक्ने पनि अनुमान गरिएको छ । फ्रन्टियर म्यानमारले प्रकाशित गरेको विज्ञप्तिमा अदालतको फैसलाबाट आफूहरु सबैजना निराश भएको र ड्यानीलाई रिहा गरिएको हेर्न चाहेको उल्लेख गरिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board