प्रधानन्यायाधीशले तोके आफूबाहेक १५ न्यायाधीशलाई इजलास

काठमाडौं, २६ कार्तिक । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतको मूल गेटमा दिएको धर्ना छल्दै सर्वोच्च अदालत प्रवेश गरेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले शुक्रबारका लागि ८ वटा इजलास तोकेका छन्।

धर्नाका कारण बिहान १०:५० मा मात्रै सर्वोच्च छिरेका राणाले आफूलाई भने आज इजलास तोकेका छैनन्।आज राणाले न्यायाधीशहरू दीपककुमार कार्की, कुमार चुडाल, मीरा खड्का, प्रकाशमानसिंह राउत, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, हरिप्रसाद फुयाल, आनन्दमोहन भट्टराई, सुष्मालता माथेमा, बमकुमार श्रेष्ठ, मनोजकुमार शर्मा, प्रकाशकुमार ढुंगाना, नहकुल सुवेदी, कुमार रेग्मी र तेजबहादुर केसीलाई इजलास तोकेका हुन्।

यीमध्ये सात संयुक्त र एउटा एकल इजलास छ। प्रधानन्यायाधीश राणाले अहिलेको समस्याको निकास दिनु पर्ने मत राख्दै आएका सर्वोच्चका न्यायाधीशहरूले दुई हप्तादेखि बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दा हेरेका छैनन्।आज प्रधानन्यायाधीश राणाले तोकेका इजलासमा बन्दीप्रत्यक्षीकरणबाहेकका मुद्दाहरू पनि छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति