मोरङ कारागारमा एक कैदीको मृत्यु

काठमाडौँ, २५ कार्तिक । जिल्ला कारागार मोरङमा कैद भुक्तान गरिरहेका एक कैदीको मृत्यु भएको छ । जबरजस्तीकरणी मुद्दामा कैद भुक्तानगरिरहेका ४३ वर्षीय नारायण थापाको मृत्यु भएको हो ।

१० वर्ष कैद सजाय भएका थापा ६ वर्षयता मोरङ कारागारमा थिए । बिहीबार बिहान उनको मृत्यु भएको हो । मोरङको रतुवामाई नगरपालिका घर भएकाथापा गुण्डा नाइके अभिषेक गिरीलाई मोरङ ल्याउनु हुँदैन भन्ने कैदीहरुको समूहमा थिए । मोरङमा रहेका केही काँग्रेस नेताहरुको जोडबलमा कार्तिक १६ गते गिरीलाई मोरङ ल्याउँदाचौकीदार किरण गुरुङ सहितको समूहले गिरीलाई भित्र पस्न दिएको थिएन । त्यसपछि गिरीलाई प्रशासनले सप्तरी पठाएको थियो ।

सप्तरीमा रहेका गिरीको योजनामा मंगलबार कारागारमा झडप भएको स्रोत बताउँछ । झडपमा ६ जना घाइते भए । झडपपछि कारागार प्रशासनले गिरीको विपक्षमा रहेका चौकीदार किरण गुरुङ सहित १३ जना नाइकेलाई झापा, सुनसरी र इलाम स्थानान्तरण गरी गिरीका सहयोगी कात्तिक कामतलाई चौकीदारको जिम्मेवारी दिएको थियो ।

झडपपछि गिरीका विपक्षीमा रहेका १४ जनाको सरुवा हुँदाथापा परेनन् । गिरीका सहयोगी कात्तिक कामतले चौकीदारको जिम्मेवारी पाएको दुई दिनपछि थापाको शंकास्पद मृत्यु भएको कारागार स्रोत बताउँछ ।

कारागार स्रोतका अनुसार चौकीदारीको जिम्मेवारी पाएलगत्तै कामतले अभिषेकको विपक्षीमा रहेकाहरु लाई यातना दिइरहेका थिए । कारागार स्रोतले भन्यो, ‘मृतक थापालाई पनि दुई दिनदेखि यातना दिइरहेका थिए ।’

जिल्ला कारागार मोरङका निमित्त जेलर रामप्रसाद पोखरेलका अनुसार ६ वर्षयता कारागारमा रहेका थापालाई यसअघि स्वास्थ्यमा समस्या देखिएको थिएन । राती पेट दुख्ने र श्वास फेर्न समस्या भएपछि कोसी अस्पताल लगेको उनले बताए । अस्पताल पुग्ने वित्तिकै चिकित्सकले थापालाई मृत घोषणा गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति