इथियोपियामा भएको जहाज दुर्घटनामा ज्यान गुमाएकी गोरखाकी एकता अधिकारीका परिवारले क्षतिपूर्ति पाउने

काठमाडौं, २५ कार्तिक । २०७५ फागुन २६ गते इथियोपियाको राजधानी अदिस अबाबाबाट केन्याको नैरोबी जान लागेको जहाज दुर्घटनामा परेको थियो। उक्त दुर्घटनामा गोरखाकी एकता अधिकारीसहित १५७ जनाले ज्यान गुमाएका थिए।झन्डै तीन वर्षअघि पूर्वी अफ्रिकी मुलुक इथियोपियामा भएको जहाज दुर्घटनामा ज्यान गुमाएकी गोरखाकी एकता अधिकारीका परिवारसहित अन्य पीडितलाई क्षतिपूर्ति दिन जहाज निर्माता कम्पनी बोइङ तयार भएको छ।अमेरिकी जहाज निर्माता कम्पनी बोइङ सन् २०१९ मा इथियोपियामा दुर्घटनामा परेको आफ्नो ७३७ म्याक्स जहाजका यात्रुका परिवारलाई क्षतिपूर्ति दिन सहमत भएको हो।

अमेरिकाको सिकागोस्थित एक अदालतमा बोइङले १४९ यात्रु र ८ चालक दलका सदस्यको मृत्युको कारण आफ्नो कम्पनीको गल्ती भएको स्वीकार गरेको समाचार संस्था रोयटर्सले जनाएको छ। ‘ती दुर्घटनामा आफन्त र प्रियजन गुमाएका सबै परिवारले पूर्ण र न्यायिक क्षतिपूर्ति उपलब्ध पाउने कुरामा बोइङ प्रतिवद्ध छ,’ बोइङले बुधबार जारी गरेको विज्ञप्ति भनिएको छ,‘ बोइङसँगको सम्झौतापछि दुबै पक्षको प्रयास पीडित परिवारलाई उचित क्षतिपूर्ति दिलाउने विषयमा केन्द्रीत हुने बाटो खुलेको छ।’बोइङले यो सहमति गरेसँगै अरू मुलुकका पीडितका परिवारले पनि अमेरिकी अदालतबाटै क्षतिपूर्ति लिन पाउने बाटो खुलेको पीडित परिवारका तर्फबाट मुद्दा लडेका वकिलहरूले बताएका छन्।बोइङले ७३७ म्याक्स जहाज असुरक्षित अवस्थामा रहेकाले दुर्घटना लागि अरू कसैलाई आरोप नलगाउने सहमति पनि गरेको छ।

२०७५ फागुन २६ गते इथियोपियाको राजधानी अदिस अबाबाबाट केन्याको नैरोबी जान लागेको जहाज दुर्घटनामा परेको थियो। उक्त जहाजका १४९ जना यात्रुमध्ये गोरखा छेपेटारकी २८ वर्षीया एकता अधिकारी पनि एक थिइन्।अधिकारी विश्व खाद्य कार्यक्रम इथियोपियामा कार्यरत थिइन्।२०७५ को दशैंपछिमात्र उनी इथियोपिया गएकी थिइन्। त्यसअघि उनले तीन वर्ष विश्व खाद्य कार्यक्रम नेपालमा लजिस्टिक अफिसरको रूपमा काम गरेकी थिइन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति