बालुवाटारमा बोलाए देउवाले आफूनिकट नेताहरु

काठमाडौं, २५ कार्तिक । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट नेताको बैठक राखेका छन् । पार्टीको १४ औँ महाधिवेशन नजिकिँदै गर्दा देउवाले आफूनिकटका नेताहरूसँग प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज (बिहीबार)दिउँसो बोलाएका हुन् । बैठकमा देउवाविरुद्ध सभापति लड्ने बताउँदै आएका उपसभापति विमलेन्द्र निधि पनि छलफलमा सहभागी छन् । त्यस्तै अर्का उपसभापति विजय गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा।प्रकाशशरण महतलगायतका नेता बालुवाटारको छलफलमा सहभागी छन् । जिल्ला हुँदै केन्द्रीय अधिवेशनसम्म आफू समूहको उपस्थिति कसरी बलियो रुपमा बनाउने भनेर रणनीति बनाउन देउवाले नेताहरूलाई बोलाएको बालुवाटार स्रोतले जनाएको छ । स्रोतका अनुसार छलफल जारी छ । आज बिहान पनि देउवाले बालुवाटारमै आफू पक्षीय अन्य नेताहरूसँग छलफल गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति