महोत्तरी, २५ कात्तिक। छठपर्व मनाउने क्रममा महोत्तरी सदरमुकाम जलेश्वरको साहुजीपट्टीस्थित छठघाटमा साडीमा आगो लागेर गम्भीर घाइते भएकी महिलालाई काठमाडौं पठाइएको छ ।
गएराति १० बजे छठघाटमा पूजाको दिप प्रज्वलन गर्ने क्रममा जलेश्वर नगरपालिका–६ बस्ने ८८ वर्षीया फूलकुमारी कर्णको साडीमा आगो सल्किएर महिलाको हात, खुट्टा र शरीरका विभिन्न भागमा पोलेर गम्भीर घाइते भएपश्चात् उपचारका लागि तत्काल जलेश्वर जिल्ला अस्पताल लगिएकामा थप उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाइएको भएपनि त्यहाँ पनि उपचार सम्भव नभएपछि गएराति नै काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया