सप्तरी, २५ कात्तिक । मोटरसाइकललाई बसले ठक्कर दिँदा सप्तरीमा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
ग१ख ९६४२ नम्बरको बसले पूव पश्चिम राजमार्ग अन्तर्गत कंचनरुप नगरपालिका–२ बरमझियामा पूर्वबाट पश्चिमतर्फ जाँदै गर्दा बीआर ३८ आर ८१७३ नम्बरको मोटरसाइकल र एक जना पैदलयात्रीलाई ठक्कर दिएको हो ।
बसको ठक्करले गम्भीर घाइते भएका मोटरसाइकलमा सवार भारतको बिहार राज्य अन्तर्गत सुपौल जिल्लाको बलुवा–३ निवासी २२ वर्षीय राजुकुमार तिवारीलाई उपचारका लागि विराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो भने मोटरसाइकलमा सवार अर्का नाम र ठेगाना खुल्न नसकेका अन्दाजी ३१ वर्षीय पुरुषको पनि उपचारको क्रममा गजेन्द्र नारायण सिंह अस्पताल, राजविराजमा मृत्यु भएको हो ।
बसको ठक्करले पैदल यात्री कंचनरुप नगरपालिका १ बरमझिया बस्ने १९ वर्षीय रोहनप्रसाद गुप्ता घाइते भैपश्चात्। उनलाई स्थानीय अस्पतालमा प्राथमिक उपचार गराई थप उपचारका लागि विराटनगर लगिएको साथै ठक्कर दिने बस र मोटरसाइकललाई नियन्त्रणमा लिई थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया