दाङ, २५ कात्तिक । भिरबाट लडेर दाङ जिल्लास्थित तुलसीपुर उपमहानगरपालिका–१ पातेघारका ७० वर्षीय जरसिङ कामीको मृत्यु भएको छ ।
बुधबार आफ्नै घर नजिकको बारीमा घाँस काट्ने क्रममा भिरबाट खसेपछि उनको खोजतलास गर्ने क्रममा बिहीबार बिहान उनलाई मृत्यु भएको अवस्थामा फेला पारिएको प्रहरीको भनाइ छ । साथै यसैबीच पाल्पामा पनि निस्दी गाउँपालिका–४ आमडाँडा बस्ने ७१ वर्षीय विष्णु बहादुर सुनारी आफ्नै घर नजिकै गोरेटो बाटोबाट अन्दाजी १५ मिटर तल खोल्सामा मृत अवस्थामा फेला परेका हुन् ।
कात्तिक २० गते घरबाट हिँडेका उनी फर्केर नआएपछि खोजी गर्ने क्रममा मृत फेला परेको प्रहरीले जनाएको छ । यसबारे आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गर्ने काम भइरहेको प्रहरीले जानकारी दिएको छ । दुवै घटनाबारे आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गर्ने काम भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया