भोलिदेखि प्रधानन्यायाधीशलाई अदालत प्रवेश निषेध गर्ने बारको घोषणा

काठमाडौँ, २५ कार्तिक । नेपाल बार एसोसिएसनले भोलिदेखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदाल झिर्न नदिने घोषणा गरेको छ । आजको धर्नाको समापन गर्दै वकिलहरुले प्रधानन्यायाधीशलाई भोलिदेखि अदाल प्रवेश निषेध गर्ने घोषणा गरेको हो ।

त्यसका लागि बारले उपत्यकामा भएका सबै कानुन व्यवसायीलाई भोलि १० बजे सर्वोच्च परिसरमा उपस्थित हुन आह्वान गरेको छ । आजदेखि देशभरका बार इकाइहरुले प्रधानन्यायाधीशकोविरुद्धमा आन्दोलन सुरु गरेका छन् ।सर्वोच्च अदालभित्रको विकृति विसंगतिको अत्य गर्न भन्दै बारले कात्तिक १४ गतेदेखि निन्तर आन्दोलन गर्दै आएका छन् ।

सोहि क्रममा आज वकिलहरुले धर्ना दिएका थिए । आजको धर्नामा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले हस्तक्षेप गर्दा केही विकलहरु घाइतेसमेत भएका छन् ।तर, यहि आन्दोलनकै क्रममा प्रधानन्यायाधीश जबराले भने पेसी तोकी रहेका छन् । उनले आज मात्र १७७ वटा मुद्दा पेसी राख्दै इजलास तोकेका छन् ।न्यायाधीश दीपककुमार कार्की र प्रकाशमान सिंह राउतको इजलासमा २६, मीरा खड्का र तेजबहादुर केसीकोमा २८, हरिकृष्ण कार्की, आनन्दमोहन भट्टराई र सुष्मलता माथेमाकोमा ३४, विश्वम्भरप्रसाद श्रेष्ठ र नहकुल सुवेदीकोमा २६ वटा मुद्दाको पेसी तोकेका छन् ।

यसैगरी, विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा २, वमकुमार श्रेष्ठ र कुमार रेग्मीकोमा २७, प्रकाशकुमार ढुंगाना र कुमार चुडालको इजलासमा २४ र नहकुल सुवेदीको एकल इजलासमा ७ वटा मुद्दाको पेसी तोकेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति