नेपाल प्रहरीका ९५ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को सरूवा : (को कहाँ सूचिसहित)


काठमाडौं, २५ कार्तिक । नेपाल प्रहरीका ९५ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरूवा भएको छ। बिहीबार प्रहरी प्रधान कार्यालयले ९५ जना डिएसपीको सरूवा गरेको हो। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको निर्णय अनुसार मंसिर महिनाको तलब भत्ता समेत हाल सरूवा भएको दरबन्दीबाट खान पाउने गरी सरूवा गरिएको हो।

महानगरीय प्रहरी वृत्त कालिमाटीका डिएसपी अपिलराज बोहराको प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विद्यालय महाराजगन्जमा सरूवा भएको छ।

उनको सट्टामा केन्द्रीय अनुसन्धान ब्युरोका अनिल घिमिरेलाई पठाइएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल, डोटीका अंगुर जिसीको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा मकवानपुर अन्वेषण योजना शाखामा सरूवा भएको छ।अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय प्रहरी महाशाखा, टंगालका अनन्त राम शर्माको सिंहदरबार सुरक्षा गणमा सरूवा भएको हो।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुपम श्रेष्ठको प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा सरूवा भएको छ। इलाका प्रहरी कार्यालय ईटहरीका अर्जुन केसीको काभ्रेस्थित मानवस्रोत व्यवस्थापन शाखामा सरूवा भएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका इन्द्रबहादुर मल्लको नेपाल प्रहरी विशेष सुरक्षा गण, सुर्खेतमा सरूवा गरिएको हो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति