काठमाडौं, २५ कार्तिक । युनेस्कोको ४१ औं महासभामा भाग लिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल फान्स गएका छन्। मन्त्री पौडेल बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फान्सको राजधानी पेरिसतर्फ गएका हुन्।मन्त्री पौडेलले बिहीबार महासभा बैठकमा सम्बोधन गर्ने कार्यक्रम छ। एक सय ९३ राष्ट्रको प्रतिनिधित्व महासभामा रहनेछ।मन्त्री पौडेलले शिक्षा क्षेत्रमा भएका प्रगति तथा उच्च शिक्षा र समावेशीजस्ता विषयलाई महत्वसाथ महासभामा उठाउनेछन्।यो महासभा बैठकले नयाँ नेतृत्वसमेत चयन गर्नेछ। मन्त्री पौडेलसँगै शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलिया, नेपालका स्थायी प्रतिनिधि राजदूत दीपक अधिकारी, युनेस्कोको लागि नेपालका सहायक महासचिव बाबुराम अधिकारीलगायत फान्स गएका छन्।
शिक्षा मन्त्री पौडेल फान्स प्रस्थान
प्रतिक्रिया