काठमाडौं, २४ कार्तिक । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जनालाई प्रहरीले अवैध सुनसहित पक्राउ गरेको छ। दुबईबाट बुधबार बिहान १० स् ०५ बजे फ्लाई दुबईको विमानबाट काठमाडौं आएका भारतीय नागरिक महोम्मद जुहेबलाई प्रहरीले पक्राउ गरेको हो। उनले मलद्वारमा सुन लुकाएर ल्याएको विमानस्थल सुरक्षा कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए। उनले आधा किलो (५४५ ग्राम) सुन लुकाएर ल्याएको बाँस्तोलाले बताए।प्रहरीले उनको गतिविधि शंकास्पद देखेपछि उनलाई नियन्त्रणमा लिएको थियो। उनी शंकास्पद रूपमा हिँडिरहेको देखेपछि हामीले उनलाई नियन्त्रणमा लिएका थियौं, प्रहरी वरिष्ठ उपरीक्षक बाँस्तोलाले भने, सुन ल्याएको थाहा पाएपछि चिया बिस्कुट खुवाएर दिसा गराएर सुन निकाल्यौं।उनले नेपालमा कसको लागि सुन ल्याइदिएका थिए भन्ने खुलिसकेको छैन।उनलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ।
मलद्वारमा लुकाएर ल्याएको आधा किलो सुनसहित भारतीय नागरिक विमानस्थलबाट पक्राउ
प्रतिक्रिया