श्रीमतीको हत्याको आरोपमा श्रीमानपक्राउ

काठमाडौँ, २४ कार्तिक । धनुषामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानपक्राउ परेका छन् । पक्राउ पर्नेमा सबैलानगरपालिका–३ का ३५ वर्षीय लालबाबु साफी रहेका छन् । साफीमाथि ३० वर्षीया श्रीमती अजमेरी खातुनको हत्या गरेको आरोप छ । लालबाबुले अजमेरीको घाँटी थिचेर हत्या गरेको उनका बुवा मोहम्मद आलमले बताएका छन् । यहीकात्तिक ८ गते अजमेरी घरमामृत फेला परेकीथिइन् । आलमले छोरीको हत्या लालबाबुले गरेको किटानी जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक राज सिग्देलले लालबाबुलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जानकारी दिए । घटनामा संलग्न रहेको आरोपमा लालबाबुको परिवारका अन्य सदस्यमाथि पनि अनुसन्धान भइरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति