दूधकोशी नदीमा सोलु करिडोर सुक्खा पहिरोबाट बहाव परिवर्तन

काठमाडौं, २४ कात्तिक । सोलु करिडोर अन्तर्गत ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर ३ मा सुक्खा पहिरो जाँदा दूधकोशी नदीको बहाव परिवर्तन भएको छ ।

करिब २५ मिटर चौडाइको पहिरो दूधकोशीमा खसेपछि नदीको बहाव परिवर्तन भएर खोटाङको हलेसी तुवाचुङ नगरपालिकातिर पर्ने जंगल क्षेत्र भएर नदी बगेको र अझै एक स्टेप पहिरो खसेमा रिब्दुम वस्तीका करिब १२ घर जोखिममा पर्न सक्ने मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष मेडल राईले बताए ।

सोलु करिडोरको उँबुको चुनै भन्ने ठाउँ नजिकमा दशैंताका परेको अविरल वर्षापछि पहिरो झर्दै आएपनि मंगलबारदेखि मात्रै दूधकोशी नदीको बहाव नै परिवर्तन हुने गरी सुक्खा पहिरो खसेको हो । पहिरो गएर बाटो अवरुद्ध हुँदा वडा नम्बर ३ का साथै, वाक्सा, मोली, सिद्धिचरण, हलेसी र रावाबेसी क्षेत्रका बासिन्दालाई मुख्य बजार जयरामघाटसम्म आउजाउ गर्न समस्या परेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति