काठमाडौं , २४ कात्तिक । संयुक्त राष्ट्र संघको शान्ति मिसनका लागि २ सय १६ जना नेपाली सैनिक दक्षिण सुडान प्रस्थान गरेका छन् ।
मंगलबार राति चन्दननाथ गणको आठौं डफ्फा सुडानमा तैनाथ गोरखबहादुर गणको सातौं डफ्फालाई बदली गर्न त्यहाँ गएको हो । २१६ जनाको नेपाली सैनिक टोली प्रमुख सेनानी सरोज राणाको नेतृत्वमा सुडान प्रस्थान गरेको हो ।
लामो समयदेखि संयुक्त राष्ट्र संघको विश्व शान्ति अभियानकालागि नेपाली सेना विभिन्न मुलुक जाने गरेको छ । अहिलेपनि यूएन मिसनअन्तर्गत नेपाली सेना विभिन्न द्वन्द्वग्रस्त मुलुकमा खटिइरहेको छ भने थप सैनिक अरु मुलुकमा प्रस्थान गर्नेछन् ।
प्रतिक्रिया