काठमाडौं , २४ कात्तिक । लोक सेवा आयोगले स्वास्थ्यतर्फ विभिन्न पदमा ९६ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ।
आज (बुधबार) स्वास्थ्यका ७ र ८औं तहमा विभिन्न पदका लागि ९६ जना कर्मचारीको माग आयोगले सूचना जारी गर्दै गरेको छ । मेडिकल अफिसर, नर्सिङ, फार्मेसी, जनस्वास्थ्य, ल्याब टेक्नोलोजिस्ट, फिजियोथेरापिस्ट लगायत पदमा कर्मचारी भर्नाका लागि आयोगद्धारा विज्ञापन गरिएको हो। आयोगले जारी गरेको सूचनामा खुला, सामावेशी र आन्तरिक प्रतिस्पर्धामार्फत आवश्यक स्वास्थ्यतर्फको कर्मचारीको पदपूर्ति गरिने लोक सेवा आयोगले उल्लेख गरेको छ।
प्रतिक्रिया