अरुण नदीमा पक्की पुल बन्छः मुख्यमन्त्री राई

किमाथाङ्का, २३ कात्तिक । प्रदेश नं १ मुख्यमन्त्री राजेन्द्रकुमार राईले भोजपुर र सङ्खुवासभा जोड्ने अरुण नदीमा पक्की पुल निर्माण गरिने बताएको छन् ।

सङ्खुवासभाको तुम्लिङटारमा आज पत्रकारसँग कुराकानी गर्दै उनले भोजपुर जिल्लाको षडानन्द नगरपालिका र सङ्खुवासभाको खाँदबारी नगरपालिका जोड्ने अरुण नदीको लम्सुवाघाटमा पक्की पुल निर्माण गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभएको हो । उनले आफ्नै कार्यकालमा पक्की पुल बनाउने विश्वास दिलाए ।

अरुण नदीमा पक्की पुल नहुँदा भोजपुरवसीले निकै सास्ती भइरहेको उल्लेख गर्दै मुख्यमन्त्री राईले सङ्घीय सरकारले १० वर्षअघि शिलान्यास गरेको लम्सुवाघाटको पक्की पुल अहिलेसम्म बन्न नसक्नु दुःखद भएको बताए ।

उनले अघिल्लो सरकारले थालेका राम्रो कामलाई पूरा गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति