सरकारले फेर्‍यो तीन प्रदेश प्रमुख : कांग्रेस, माओवादी र जसपाबीच भागबन्डा

काठमाडौं, २३ कार्तिक । सरकारले तीन वटा प्रदेशमा नयाँ प्रदेश प्रमुख पठाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश नम्बर १ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशीलाई प्रदेश प्रमुख बनाउने निर्णय भएको हो। ‘उहाँहरूलाई प्रदेश प्रमुख बनाउने निर्णयको पत्र राष्ट्रपति कार्यालयमा पठाइसकिएको छ,’ । प्रदेश प्रमुखमा सत्तारूढ दलहरूले भागबन्डा गरेका छन्। प्रदेश १ मा जनता समाजवादी पार्टीका नेतासमेत रहेका पूर्वसभासद खापुङ प्रदेश प्रमुख भएका छन्। उनी पहिले बाबुराम भट्टराई नेतृत्वमा रहेको नयाँ शक्तिका नेता थिए।

साथै कर्णालीमा पहिले प्रदेश २ का प्रदेश प्रमुख भइसकेका परियारलाई नै जिम्मेवारी दिइएको छ। उनी नेकपा माओवादी केन्द्रनिकट हुन्।यस्तै सुदूरपश्चिममा कांग्रेस नेता तथा पूर्वसभासद जोशी प्रदेश प्रमुख भएका छन्। उनी कांग्रेस बाजुराका पूर्वसभापति पनि हुन्। हालै उनी कांग्रेस महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य पनि भएका थिए। नयाँ प्रदेश प्रमुखहरूलाई छिट्टै सपथग्रहण गराउने तयारी छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति